लोकतन्त्रीक उम्मेद्वारहरुसँग जनताद्धारा मागैमाग

कोहलपुर, मंसिर,९-

बाँके क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १५ का स्थानिय जनताले प्रतिनिधिसभा सदस्य माधवराम खत्री र प्रदेश सभा सदस्य नारायण प्रसाद गैडेलसँग विभिन्न मागहरु राखेका छन् । स्थानियले आफ्नो क्षेत्रमा सुविधा सम्पन्न कालोपत्रे सडक, खानेपानी, विद्युत लगायत अन्य विकासका विभिन्न मागहरु राखेका छन् ।

“यहाँ धेरै पटक अरुलाई जिताएर पठायौं, तर कोहलपुर वडा नं. १५ जहिले पनि पछाडि परेको छ” एक स्थानियले भने “अब योग्य र क्षमतावान नेताहरुबाट कोहलपुर वडा नं. १५ को विकास सम्भवन हुने भएकाले समाजसेवी, जनताको भावना बुझेको उम्मेद्वार काँग्रेसका भएकाले यस पटक उहाँहरुलाई नै भोट दिन्छु ।

” साविक शम्शेरगञ्ज गाविसलाई कोहलपुर नगरपालिका समावेश गरे पछि कोहलपुर १४ र १५ वडा अन्य वडाका तुलनामा विकास हुन सकेको छैन् । साथै कृषि पेशामा आत्मानिभर रहेको कोहलपुर–१५ मा सिचाईको सुविधा पु¥याई आवश्यक कृषिको व्यवसायिक विकासका लागि आधुनिक कृषि प्रणाली, उन्नत विउ विजन, आधुनिक कृषि औजार, रसायनिक मल आदि सहुलियत दरमा उपलब्ध गराउनका लागि उम्मेद्वारहरुसँग माग स्थानिय किसानहरुले गरेका छन् ।

स्थानिय जनताहरुसँग भोटघाट गर्दै प्रतिनिधि सभाका सदस्य माधवराम खत्रीले कोहलपुर–१५को भौतिक पूर्वधारको विकास र सडक, नाला, खानेपानी, विद्युत, उद्योग कालकारखनाको स्थापनाका लागि आफुहरु लागि पर्ने भन्दै संसदमा निर्वाचित भएको खण्डमा कोहलपुर–१५ लाई यस क्षेत्रकै आद्योगिक क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्वता जनाएका छन् ।

त्यस्तै बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले कोहलपुर वडा नं. १५ डुबानको उच्च जोखिममा रहेको क्षेत्र भएले यसको उचित व्यवस्थापनका लागि सबै सँग सहकार्य गरी अगाडि बड्ने प्रतिवद्वता जनाएका छन् । साथै उनले मानविय सेवा समर्पित मान्छेलाई एक पटक जनताको सेवा गर्ने अवसर दिन जनतासँग अप्रिल गरेका छन् ।

साथै उनले घरदैलो अभियानका क्रममा भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी दिर्घकालिन योजना तथा नीति तर्जुमा गरी जग्गा धनी प्रमाणपत्र उपलब्ध गराईने भन्दै जनता आवास कार्यक्रम मार्फत आधुनिक बस्ती निर्माण गरिने बताएका छन् ।

कोहलपुर–१५ लाई विकासका मुल धारमा ल्याउनका लागि बाँके क्षेत्र नं. १ लोकतन्त्रीक गठबन्धनले आफ्नो घोषण पत्रमा पनि विभिन्न योजनाहरु उल्लेख गरेको छ । घरदैलोमा स्थानीय स्तरका काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताको सहभागी रहेको थियो ।