रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ४ घाईते

दुघर्टनामा परि बेहुला बेहुलीको मृत्यु

रुकुम,मंसिर,८-

रुकुमको सदरमुकाम मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । सदरमुकाम मुसिकोट बाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँख कालिमाटीमा शुक्रबार साँझ ७: ४५ बजे दुर्घटनामा परेको थियो  । दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

नवविवाहित जोडी : प्रहरी निरीक्षकद्वय स्वर्गीय नवीन श्रेष्ठ र अनित प्रधान

दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल पुगेको बताईएको छ । जीपमा सवार मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं. ४ की सुधा मल्ल, त्रिवेणी गाँउपालिका वडा नं. १ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी ईन्सपेक्टर नविन श्रेष्ठ र उहाँ की पत्नी प्रहरी ईन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको हो ।

नवविवाहित जोडी : प्रहरी निरीक्षकद्वय स्वर्गीय नवीन श्रेष्ठ र अनित प्रधान

यसैविच : दुर्घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्रधान बिहे गरेर फर्कंदै थिए । त्यस्तै घटनामा मृत्यु भएका मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ र सुधन श्रेष्ठ बाबु–छोरा हुन् ।

जीप दुर्घनामा घाईते हुनेमा  चालक दाङका प्रेम थापा, सह चालक रूकुम पश्चिम बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र दाङका टेकबहादुर खत्री रहेका छन् । घाइतेमध्ये खत्रीको अवस्था गम्भीर छ ।उनको अहिले जिल्ला अस्पत्ताल सल्लेमा उपचार जारी छ । थप उपचारका लागी त्यहाँबाट  नेपालगंज रिफर गरिदैछ ।