अछाममा निर्वाचन आचारसंहिता विपरित विद्युतको पोल गाड्ने काम हुँदै

अध्यक्षको पहलमा भईरहेको स्थानीयको आरोप

एकेन्द्र महता/

मंसिर,अछाम,८-

चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । आचारसहिता विपरित चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्षको पहलमा भईरहेको स्थानीयले आरोप लगाएका छन् ।

निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम आचारसहिंता विपरित भएको स्थानीय चेतमान बोगटीले जानकारी दिनुभयो ।मतदातालाई प्रभावित गर्नको लागि निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको स्थानीय चेतमान वोगटीको भनाई छ ।यस अघि स्थानीय तहको चुनावको पनि आचारसहिंता विपरित काम भएको उहाँले बताउनुभयो ।

मार्कुमा विद्युत पोल गाड्ने र तान्ने कामको वारेमा नेपाल विद्युत प्राधिकरण साँफेबगरले बेखबर जनाएको छ । प्राधिकरणको स्विकृत विना विद्युत पोल गाड्ने र तान्ने काम भएको भए निरिक्षण गरेर रोकिन साँफेबगरका प्राधिकरण प्रमुख रौशन कुमार ठाकुरले बताउनुभयो । भोली नै मार्कुमा गएर उक्त विद्युत पोल गाड्ने र तान्ने काम रोकिने बताउनुभयो ।

चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष गणेश वोगटीले विद्युत पोल गाड्ने र तान्ने विषयमा यसअघि छलफल भएकाले पुराना पोललाई विस्थापित गर्दै नयाँ पोल गाँडेको बताउनुभयो । उहाँले नेपाल विद्युत प्राधिकरण साँफेबगरलाई जानकारी नगराउनु कमजोरी रहेको स्विकार गर्नुभयो । तर सामान्य विषयलाई लिएर उजुरी दिने कार्य ठिक नभएको बताउनुभयो ।