प्रदेश नम्बर ५ को राजधानी बाँकेमा हुनुपर्ने भन्दै कोहलपुरमा सरोकार निकायको आज सर्वपक्षीय छलफल

डम्मर थापा मगर/

बाँके, पुस, ७-
प्रदेश नम्बर ५ को राजधानी बाँकेमा हुनुपर्ने भन्दै कोहलपुरमा सरोकार निकायले आज सर्वपक्षीय छलफल गरेका छन् । कोहलपुर नगरपालिका, नगर विकास समितिका पदाधिकारी, विभिन्न पार्टीका प्रतिनिधी र व्यापारीहरुले राजधानीका लागि बाँके जिल्ला पुर्वाधार र भौगोलिक रुपमा उपयुक्त भएको निचोड निकालेका छन् ।

छलफलबाट अवको एक सातामा बाँकेलाई प्रदेशको राजधानी बनाउँन बाँके र बर्दियाका राजनैतिक दल, निर्वाचित जनप्रतिनिधी, संघसंस्थाका प्रमुखको वृहत भेला गर्ने निष्कर्श निकालिएको नेकपा एमालेका नेता सुर्य ढकालले बताउनुभयो । बाँके र बर्दियाको संयुक्त दवाव समुह निर्माण गरिने उहँले भन्नुभयो ।

बाँकेमा पुर्वाधार र भौतिक संरचनाहरु पुग्दो रहेको बताउदै कोहलपुर नगर विकास समिति अध्यक्ष अबराज खड्काले कोहलपुरमा जति पनि जग्गा उपलब्ध गराउन सकिने बताउनुभयो । खड्काले हरेक हिसावले समग्र बाँके जिल्ला र कोहलपुर राजधानीका लागि उपयुक्त भएको जिकिर गर्नुभयो ।