बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला

डम्मर थापा मगर/

बाँके, पुस ७-
बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला परेको छ । बर्दियास्थित असारेगौँडी उपभोक्ता समिति धौनिया प्रसेनीघाट नजिक एउँटा गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

पहिलो पटक रेडियो कलर जडान गरिएको गैँडा बुढो भएर प्राकृतिक रुपमा मरेको हुन सक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिबिनोल दाहालले बताउनुभयो ।

मृत अवस्थामा फेला परेको गैँडाको खाग, खुर लगायत सबै अंग सुरक्षित रहेको छ । गैँडाको पोष्टमाटम भैसकेको र रिर्पोट आउन बाँकी रहेको निकुञ्जले जनाएको छ ।