विराटनगर वारियर्सको इपीएल क्रिकेटमा लगातार चौथो जित, भैरहवा पराजित

काठमाडौं, पुस,८-

एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई ३४ रनले पराजित गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्का नेतृत्वको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४९ रनको योगफल तयार ग¥यो ।

बिराटनगरका लागी हङकङ राष्ट्रिय टोलीका खेलाडी अंशुमान रथ र बाबर हयातले पुनः एक पटक शानदार इनिङ खेले । प्रतियोगितामा ब्यक्तिगत दोस्रो अद्र्धसतक बनाउने क्रममा अंशुमानले ५७ रनको योगदान गरे ।

यस्तै, बाबरले हयातले ३६ रन जोडे । जवाफमा १५० रनको लक्ष्य पछ्याएको शरद भेषावकर नेतृत्वको भैरहवा १८ दशमलव ३ ओभरमा ११४ रनमा अलआउट भयो ।

भैरहवाका लागि प्रदिप ऐरी र हरिशंकर शाहले सर्बाधिक १८ रनको योगदान गरे । बलिङतर्फ विराटनगरका अभिनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए ।

प्रतियोगितामा लगातार चार खेल जितेको बिराटनगर प्ले अफमा छनोट भइसकेको छ । यसअघिका लगातार दुई खेल जितेको भैरहवाको प्रतियोगितामा यो पहिलो हार हो ।

इपिएल क्रिकेटअन्तर्गत अहिले भइरहेको अर्को खेलमा अहिले ललितपुर प्याट्रिएट्स र चितवन टाइगर्स भिडिरहेका छन् ।