प्रदेश २ मा एमाले छैन भन्नु भ्रममात्र हो एमाले अध्यक्ष ओली

काठमाडौं,जेठ,२७-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपा एमाले पराजित हुन्छ भन्ने भ्रम नराख्न आग्रह गरेका छन्। विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गरेकाहरुको स्वागतमा शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले मधेसमा एमाले पराजित हुन्छ भन्ने कुरा भ्रममात्र भएको टिप्पणी गरे। अहिले २ नम्बरमा एमाले छैन भन्ने भ्रम छु उनले भने तर प्रदेश २ मा एमाले बहुमतमा आएर समस्या समाधान गर्‍यो भने अलिकति राम्रो होला नत्र सधैंको यस्तै झमेला हो भनेर भनेका पनि छन्। अहिले संसदमा प्रतिपक्षमा भए पनि सबै निर्वाचन सकिएपछि बन्ने तीन तहको सरकारमा आफूहरुले बहुमत ल्याउने उनले बताए। झुठको राजनीति गर्ने, जनतालाई अल्मल्याउने राजनीति अब जनताले सहदैनन्। विकासका लागि सबै तहमा एमालेका बहुमतको सरकार हुनुपर्छु उनले भने। अध्यक्ष ओलीले मधेसको पक्षमा काम गर्दा पनि आफूहरुलाई मधेस विरोधी भनिएको टिप्पणी गरे। आफू प्रधानमन्त्री हुँदा ठप्प रहेको मधेसको आन्दोलन अन्त्य गरेको र धेरै बजेट पनि विनियोजन गरिएको भन्दै उनले एमालेलाई मधेस विरोधी भन्नु भ्रममात्र भएको बताए। मधेसका जनताको अधिकारको पक्षमा एमालेले काम गरेको छ तर एमाले मधेसको विरुद्धमा छ भनेर हल्ला फिँजाइयोु उनले भने। अहिले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाएर मधेसको मैथिली भाषा समाप्त पार्न खोजिएको भन्दै ओलीले यस्ता गतिविधिको आफूहरु विरोध गर्ने बताए।