जापानमा कोरोनाका कारण एकैदिन १०४ जनाको मृत्यु

थप ५ हजार ३ सय २० जना संक्रमित

जापान,माघ,७-जापानमा कोरोना भाइरस (कोभिड–१९) कारण एकै दिन मंगलबार १०४ जनाको मृत्यु भएको छ । यो संगै जापानमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ७ सय पुगेको हो ।

मंगलबार मात्र ५ हजार ३ सय २० जना संक्रमित थपिएका छन् । यो संगै जापानमा संक्रमित हुनेको संख्या ३ लाख ४१ हजार ६ सय ९ जना पुगेको छ।

हाल सम्म जापानमा कोरोना भाईरस लागेका मध्य २ लाख ५८ हजार ३ सय ७८ जना निको भएका छन् । अहिले ८३ हजार २ सय ३१ जना सक्रिय संक्रमित रहेका छन्,जस अन्तर्गत १ हजार १ जनाको अबस्था गम्भिर रहेको छ । 

कोरोना भाईरस दिनप्रतीदिन बढ्दै गएपछि  जापान सरकारले आपतकालिन घोषणा गरेको छ ।