राष्ट्रिय महिला लिग:अहिले एपीएफ र चन्द्रपुर भिड्दै

काठमाडौं,माघ,८-राष्ट्रिय महिला लिगमा आज बिहिबार दुई खेल हुँदैछन्।हिजोबाट सुरु लिगको दोस्रो दिन आज शसस्त्र प्रहरीको एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट तथा विराटनगर नगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जा भिड्दैछन् ।

पहिलो खेल,ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा अहिले एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा भैईरहेको छ ।यो समाचार तयार पार्दा सम्म एपीएफ २ शुन्य गोलले अगाडी रहेको छ। 

दोस्रो खेल सोही मैदानमा साढे २ बजेदेखि सुरु हुनेछ।लिगको उद्घाटन खेलमा नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। १ महिना चल्ने लिगको उद्घाटन र समापन खेल भने दशरथ रगंशालामा हुनेछ।

लिगमा चारवटा नगरपालिका र ३ विभागीय गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिगमा शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीसहित रौतहटको चन्द्रपुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।

लिगको विजेताले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुने टोलीले ५ तथा चौथो टोलीले ३ लाख रुपैयाँ पाउने छन्।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र हरेक विधाका उत्कृष्ट खेलाडी (स्टाइकर, मिल्डफिल्डर, डिफेन्डर, गोलकिपर) र प्रशिक्षकले जनही ५० हजार रुपैयाँ पाउनेछन्।