होलील्याण्डमा साँस्कृतिक एवं शुभकामना कार्याक्रम सम्पन्न

डम्मर थापा
बाँके,फागुन २५-
होलील्याण्ड उ.मा.वि नेपालगंजमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आज एक साँस्कृतीक कार्यक्रमको आयोजना गरी शुभकामना दिएका छन् । चैत्र ३ गते देखि ११ गते सम्म सञ्चालन हुन गईरहेको SEE परिक्षमा समावेश हने कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले शुभकामना व्यक्त गरेका हुन् ।

उक्त कार्यक्रममा कक्षा ९ मा अध्यनरत राजेश सिंहको सभपतित्वमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथीमा होलील्याड उ.मा.वि.का अध्यक्ष उमाकान्त गोहित रहनु भएको थियो, भने विशिष्ट अतिथीहरुमा होलील्याड उ.मा.वि.का प्राचार्य दुर्गा बहादुर थापा मगर,सुरेश कुमार परशैला,ईश्वर पौडेल,बाबु तरुण गौतमको रहेको थियो ।

यस्तै अतीथीहरुमा दिपेन्द्र शर्मा ,मुना हमाल,अनिल भण्डारी,बमदेव सुवेदी लगायत १९ जना अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कक्षा ९ मा अध्यनरत मल्लिका शर्माले गर्नु भएको थियो । यस्तै कार्यक्रममा SEE परिक्षामा समावेश हुने विद्यार्थीहरुको उज्जवल भविश्यको कामना गर्दै परिक्षामा सफलता मिलोस भन्दै सोहि विद्यालयका शिक्षक ,शिक्षीका मुना हमाल,अनिल भण्डारी,लेखराम श्रीवास्तव,दुर्गा बहादुर थापा मगरले शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुले आफ्नो प्रतीभाहरु नृत्य,गायन,नाटक देखाउदै एकले अर्कालाई शुभकामना दिएका थिए । त्यसैगरी स्वर्गिय यमबद्धको सम्झनामा अपर्ण अधिकारी र समिर गुरङले गित गाउँदै यमबुद्धलाई सम्झिएका थिए ।विद्यालयलले लिएको तयारी कक्षामा प्रथम,द्धितीय,तृतिय हुने विद्याथीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।