नेपालगञ्ज गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पुरा

मधुपौडेल
बाँके,फागुन २५ –
टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटवल प्रतियोगिता नेपालगंजमा भव्यका साथ सुरु हुदैछ । पहिलो गोल्ड कप फुटवल भन्दा फरक तथा ठुलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोतिगामा प्रथम हुने टिमलाई पाँच लाख र दोस्रो हुनेलाई २लाख ५१ हजार पुरुस्कार राशी राखिदा पनि टुर्वाग दोस्रो नेपालगंज गोल्ड कप फुटवल प्रतियोगिताको रौनौक नै फरक देखिन्छ ।

नेपालगंजका हरेक समारोहमा व्यवस्थापनमा  निकै अनुभवी रहेको अन्तरालले नेपालगंजले व्यवस्थापकीय जिम्मे लिएको छ । प्रतियोगिता मा समुह क बाट सुदुर पश्चिम ११ , दिल्ली युनाईटेड भारत , सि .एम.जी संकटा क्लव काठमाण्डौ , र सशस्त्र प्रहरी बल –एपीएफ क्लव ) तथा समुह ख बाट नेपाल पुलिस क्लव ,नेपालगंज ११ ,लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लव काठमाण्डौ ,रुपन्देही ११ ले भाग लिएका छन ।

आज हुने प्रतियोगिता सुदुर पश्चि ११ र दिल्ली युनाइटेड भारत विच हुने हुदा छिमेकी राष्ट्रको खेल तथा आफ्नो देशको खेल हेर्न पाउने भएको दर्शकहरुको उत्साही भएको फुटबल संघ बाँके का अध्यक्ष भोजराजशाहीले बताउनु भयो । आज खेल दिउसो २ वजे नेपालगंज रंगशालामा हुने जनाकारी एक पत्रकार सम्मेलन गरी आयोजक ले जनाएको छ ।

यस अघिको पहिलो टुवोर्ग नेपालगंज गोल्ड कपको विजेता भनेको सुदुर पश्चिम ११ ले आफ्नो टिममा दुई वटा विदेशी खेलाडिहरु पनि समावेश गराएको र दिल्ला  युनाइटेडमा केही खेलाडी राष्ट्रिय खेली सकेका हुदा खेल अति नै रोमाञ्चक हुने आयोजकले जनाकारी गराएको छ ।