संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुहोस: मन्त्री परिषद्का पूर्व अध्यक्ष रेग्मी

बाँके,फागुन २५-
मन्त्री परिषद्का पूर्व अध्यक्ष खिल राज रेग्मीले संविधान कार्यान्वयन जटिल बन्दै गएकोले सबै दलहरुलाई मिलेर जान आह्वान गर्नुभएको छ  । आज नागरिक समुह बाँकेले आयोजना गरेको मैत्रीपुर्ण फुटबलको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन  गर्दै संविधान कार्यान्वयन जटिल बन्दै गएकोले यसमा विशेष भुमिका सबै राजनीतीक दलहरुको रहेको बताउनुभयो ।

उहाँले जसरी खेलको नियम सबै खेलाडीले माने झै राष्ट्रले बनाएको कानुनको पालना गर्नु पर्ने बताउनुभयो । मन्त्री परिषदका अध्यक्ष रेग्मीले अहिले देशले उदार , सदभाव ,भातृत्व र अपनत्व चाहिरको बताउनुभयो । उहाँले आपसी समझदारी, सद्भाव, विश्व बधुत्व मागेको भन्दै यसमा सबैलाई गोलबद्ध भएर राष्ट्र निमार्णमा अग्रसर बन्नु आग्रह गर्नुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख रविलाल पन्थले पनि राष्ट्रले बनाएको कानुन सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । उहाँले नागरिक समाजले आयोजना गरेको मैत्रीपुर्ण फुटबल प्रतीयोगिताले राष्ट्र निमार्णमा जुट्नु पर्छ भन्ने सन्देश दिएको बताउनुभयो  यस्तै नागरिक समुहका केन्द्रिय सदस्य निगम हुमागाईले हिमाल पहाड तराईमा देखिएको मदभेद अन्त्यका लागि यो नागरिक समुहको

अभियानले गरेको बताउनै अब एकले अर्कालाई सम्मान गर्न सिक्नु पर्ने र सबैले मिलेर सद्भाव कायम गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यक्रममा उपविजेता बैकरस र विजेता होटल व्यवसायी बाकेलाई ट्रोफी ,प्रमाण पत्र तथा मेडलद्धारा पुरस्कृत गरिएको थियो भने खेलमा सहभागी सम्पुण टिमलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।