चलचित्र साँघुरो दलानको पोष्टर सार्वजनीक

सिर्जना बर्देवा,

ओखलढुङगा,साउन,७

नेपाली कथानक चलचित्र साँघुरो दलानको पोस्टर तथा टिसर्ट सार्वजनिक गरिएको छ । शुभचन्द्र राईको निर्देशनमा रहेको चलचित्रको पोस्टर तथा टिसर्ट काठमाण्डौको सुम्निमा कल्चरमा एक कार्यक्रमका बिच सार्बजनिक गरिएको हो ।

गाउले कथामा आधारित चलचित्र साँघुरो दलानको बारे कलाकार कबि राइले जानकारी गराउनुभएको थियो ।रोशन श्रेष्ठ निर्माता रहेकोे चलचित्र साँघुरो दलान यहि साउन ३० गते बिश्वज्योती सिनेमा हलमा नमूना पुस्तकालय निर्माण सहयोगार्थ विशेष प्रदशनि हुँने निमार्ण टोलिले जनाएको छ ।

खोटाङमा स्थापना भएको सामाजिक बालसंस्था नमुना बाल क्लवले निर्माण गरेको सन्देशमुलक चलचित्र ‘साँघुरो दलान’ कवि राई, अङ्किता राई, सन्जिब राई, इसाया राई, रामचन्द्र राई, आरबि शर्मा, रुपेश राई, ओम खतिवडा आदि कलाकारको अभिनय रहेको चलचित्रको छायांकन संगीत लिम्बुले गर्नुभएको हो ।

कार्यक्रममा कलाकार मोहन निरौला, जनक राई, कृष्णभक्त महर्जन, कोरियोग्राफर गम्भीर बिष्ट, चलचित्र लेखक प्रकाश पुरी लगायतका कलाकार, चलचित्र प्रेमी, दर्शकहरुको उपस्थीति रहेको थियो ।