नेकपा सचिवालय बैठक बस्दै, आज उम्मेदवारको टुंगो लगाउने

काठमाडौं, कार्तिक,१६-

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दैछ।आज (शनिबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार कुन्दर अर्यालले जानकारी दिनुभयो ।

आजको बैठकका एजेण्डाका विषयमा प्रधामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग शुक्रबार छलफल गर्नु भएको थियो ।

प्रचण्ड र पोखरेलसँगको कुराकानीपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले शनिबार बिहान १० बजेका लागि सचिवालय बैठक बोलाउनु भएको थियो ।बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल हुने अर्यालले जानकारी दिनुभयो।आजको बैठकले उपनिर्वाचनका लागि उम्मेदवारकोसमेत टुंगो लगाउने स्रोतले जनाएको छ।