नयाॅं १४५९ जना संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं,भदौ,३०-नेपालमा पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १४५९ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

२४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएका छन् ।हालसम्म डिस्चार्ज हुनेको संख्या ४०६३८ रहेको छ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पुरुष ७ र महिला ४ जनाको ज्यान गएको छ ।योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।