कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ११७० संक्रमित, ८७९ जना डिस्चार्ज

काठमाडौं,भदौ,२९-पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।विभिन्न प्रयोगशालामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण भएको छ ।योसँगै कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।हालसम्म ३९ हजार ५७६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।१५ हजार ३९३ सक्रिय संक्रमित छन् ।