एमसीसीको विषयले सत्ता गठबन्धनमा बढ्यौं खटपट

एमसीसी पास गर्न भित्रभित्रै सहमती

काठमाडौं,माघ,१७-अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल यसको विपक्षमा देखिनु भएको छ ।

सार्वजनिक रुपमा एमसीसीको विरोध गर्ने गरेपनि प्रचण्ड र नेपालले पनि भित्रभित्रै एमसीसी पास गर्न सरकारलाई सहमति दिइसकेको स्रोतको दावी छ । यही विषयमा ठोस निर्णयमा पुग्न संसद बेठक १० दिन पर सारिएको जानकारहरु बताउछन् ।

सत्तारुढ गठबन्धनको शनिवार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले संसदबाट तत्काल एमसीसी पास गर्नुपर्ने बाध्यतामा आफु रहेको बताएपछि गठबन्धनमा खटपट देखिएको हो ।उहाँले एमसीसी पास नगर्ने हो भने सत्ता गठबन्धन टुट्नसक्ने चेतावनी दिएपछि सम्झौता पास गराउन लगभग समहति जुटेको बताईएको छ ।

तर एमसीसीका विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनले बनाएको तीन सदस्यीय कार्यदलमा भने सहमति जुट्न सकेको छैन । कर्यादलमा सरकारको तर्फबाट सदस्य रहनुभएका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की गठबन्धनमा केही समस्या नहरेको र एमसीसी पास हुने बताउनुहुन्छ ।

तर कार्यदलका अन्य दुई सदस्यहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भने यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा अडिक हुनुहुन्छ ।ईमेजबाट