नेपालगन्ज,जेष्ठ ,२५-

बाँकेमा आफ्नै श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् ।
बाँके जानकी गाउँपालिका वडा न ३ मानपुर निवासी ५९ वर्षीया श्रीमान पन्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर आफ्नै श्रीमती ४५ वर्षीया कप्तरा हरिजनमाथी बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका हुन। श्रीमान-श्रीमतीबिच करिव १५/१६ दिन अघिदेखि नै झगडा हुँदै आएको बताइएको छ।
इलाका प्रहरी कार्यालय मानपुरका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार पन्चराम हरिजनले श्रीमतीमाथी बन्चरो प्रहार गरेपछि पन्चराम आफै प्रहरी कार्यालय पुगेका थिए। उनी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन।
घाइते कप्तरलाई अहिले उपचारका नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ।