सामुदायिक रेडियोले समाजको आवाज बोल्न सक्नु पर्ने नव निर्वाचित प्रदेश उपाध्यक्ष खरालको भनाइ

अराज सिहं बेल्बासे,

चन्द्रौटा,पुस २९-रेडियो प्रसारक संघ (अकोराब) प्रदेश नम्बर ५ का उपाध्यक्ष राजु खराललाई व्यापार संघ कपिलवस्तुले सम्मान गरेको छ । जिल्लाको चन्द्रौटास्थित रेडियो समानताका स्टेशन म्यानेजर तथा व्यापार संघका सल्लाहकार समेत रहेका खराललाई संस्थाले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सम्मान गरेको हो । कार्यक्रमका बीच व्यापार संघका जिल्ला अध्यक्ष महादेव पोखरेलले दोसल्ला, कदरपत्र र मायाको चिनोले सम्मान गर्नुभयो ।

सामुदायिक हरु समुदाय केन्द्रित तथा स्वतन्त्र हुनको तागी रेडियोको ब्यबस्थापन दरिलो हुनु पर्ने नव निर्बाचित प्रदेश नम्बर ५ उपाध्यक्ष राजु खरालले बताउनु भएको छ । आज ब्यापार सघं कपिलबस्तुको आयोजनामा भएको बधाइ तथा शुभकामना कार्यक्रममा सबोधन गर्दौ सामुदायिक रेडियोले समाजको आवाज बोल्न सक्नु पर्ने , पछिल्लो समय सामादायिक विभिन्न समस्या देखिने गरेको र यसको समाधानमा लाग्ने उंहाले बताउनु भयो । सामुदायिक रेडियो सहर केन्द्रित हुन थालेकोमा दुख ब्यत्त गदै सामुदायिक रेडियो हरु गाउका किषान , मजदुरको साथी बन्नु पर्ने बताउनु भयो कृषि क्षेत्रको बिकासको लागी कृषकका समस्या , सामाजमा प्रभाबित पार्ने सफलताका समाचार हरुलाइ सामुदायिक रेडियोले प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

पत्रकारलाई स्वतन्त्रपूर्वक काम गर्ने अवसरको सिर्जना गर्नुपर्ने जिकिर गर्दै उहाँले भन्नुभयो –“पत्रकार स्वतन्त्र छन्, कसैको हली होइनन् ।” सामुदायिक रेडियो नै गाउँ बस्तीमा सूचना प्रवाह गर्ने एक मात्र भरपर्दो संचार माध्यम हो, उहाँले दाबी गर्नुभयो । सामुदायिक रेडियोले भोग्नुपरेका समस्या समाधानमा सबैको साथ र सहयोग हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।  स्वागत तथा बधाइ कार्यक्रममै बोल्दै ब्यापार सघंका अध्यक्षय महादेब पोख्रेलले रेडियो पत्रकार हरुले स्थानिय स्थरमा रहेका पर्यटकिय स्थलको प्रचार प्रासारणमा लाग्नु पर्ने बताउनु भयो ।

पर्यटन क्षेत्रको सम्भावना बोकेको जिल्लाको पश्चिमी भेगका विभिन्न धरोहरलाई अन्तर्राष्ट्रिय स्तरसामु पु¥याउन संचारमाध्यमकै महत्वपूर्ण हात हुने हुँदा योजनाका साथ अघि बढ्न उहाँले अनुरोध गर्नुभयो । यसका साथै उहाँले संचारक्षेत्रले कसैको प्रशंसा मात्र नभई आलोचना गर्न समेत जरुरी रहेको औल्याउनुभयो । यसैगरी विधागत रुपको पत्रकारिताको विकासमा समेत पहल गर्न व्यापार संघ अध्यक्ष पोखरेलले जोड दिनुभयो । यस्तै श्री राष्टिय माबिका शिक्षक विष्णु भण्डारी ले यस क्षेत्रको पत्रकारीता बाट आफु शिक्षा क्षेत्रको रहेकोले यस क्षेत्रका बिभिन्न समस्या हरु समाज सामु ल्याउन कन्जुसायी गरे जस्तो गरेको र हरेक क्षेत्रमा कलम चलाउन पर्ने बताउनु भयो ।

कार्यक्रममै स्थानिय पत्रकार सिताराम चौधरीले बिभिन्न समस्यामा परिरहने सामुदायिक रेडियो हरुले समाजमा दिएको योगदान अतुलनिय रहेको र समाजका हरेक समस्या हरु रेडियोले जनता सामु पु¥याउनुपर्ने पछिल्लो समय रेडियो हरुमा जनशक्क्तीको कमी हुनेगर्दा समेत सामुदायिक रेडियो पछाडि पर्ने गरेको बताउनु भयो ।  कार्यक्रममा बोल्दै रेडियो भ्वाइसका स्टेसन म्यानेजर सजिंब गहतराजले सामुदायीक रेडियो सरकारबाट दिने सौलियतमा सामुदायिक रेडियो लाइ प्राथमीकता दिनु पर्ने बताउनु भयो ।

यस्तै रेडियो शिबराजका स्टेसन म्यानेजर चिन्ता परियारले हरेक समस्याहरुमा यहांका रेडियो हरु मिलेर अघि बढिरहेको र यसरीनै सहर्काय गरि अगाडी बढने बताउनु भयो । कार्यक्रमको अवसरमा तेस्रो चन्द्रौटा महोत्सवमा संचारमाध्यमबाट महत्वपूर्ण योगदान गरेको भन्दै चन्द्रौटा क्षेत्रका सम्पूर्ण संचारकर्मीहरुलाई कदरपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।व्यापार संघका महासचिव जगत पौडेलको संचालन र सदस्य नारायण आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा चन्द्रौटा क्षेत्रका संचारकर्मी, शिक्षाप्रेमी तथा व्यापार संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।