नेपाल फिफा अन्तराष्ट्रिय महिला फुटबल सिरिज २०२३ को च्याम्पियन

फाईल तस्विर : नेपाली महिला राष्ट्रिय फुटबल टिम !!

काठमाडौं,असार,३१-नेपाल फिफा अन्तराष्ट्रिय महिला फुटबल सिरिज २०२३ को च्याम्पियन बनेको छ।

बंगलादेशको राजधानी ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेलमा बंगलादेशलाई हराउदै नेपाल च्याम्पियन बनेको हो।

एको दोस्रो मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिईएको थियो।टाइब्रेकरमा नेपाल ४-२ गोलले बंगलादेशलाई हराउदै विजयी भएको हो।यसअघि भएको पहिलो खेलमा १-१ को बराबरीमा सकिएको थियो।

आज भएको दोस्रो मैत्रीपुर्ण खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो।टाइब्रेकरमा अन्जनाले दुई पेनाल्टी प्रहार बचाएकी थिइन्।उनी ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।

नेपालका लागि टाइब्रेकरमा सावित्रा भण्डारी र हिरा भुजेलले सुरुवाती दुई प्रहारमा गोल गरिन्।बंगलादेशका सम्सुन्नाहारले पहिलो प्रहार गोल गर्दा गोलरक्षक अन्जना राना मगरले शेउली अजीमको दोस्रो प्रहार विफल पारिन्।

नेपालका लागि अन्जना रानामगरको तेस्रो प्रहार पोस्टमा लागेर गोल नहुँदा उनले मारिया मान्डाको प्रहार विफल पारिन्।

दिपा शाहीले नेपालको लागि चौथो प्रहार गोल गरेका थिए। बंगलादेशका लागि मोनिका चक्माले चौथो प्रहारमा गोल गरिन्।अनिता केसीले पाँचौ प्रहारमा गोल गर्दै नेपालको जित पक्का गरिन् ।

खेलमा बंगलादेशसँग केही दबाबमा रहेको नेपालले गोलका लागि उत्कृष्ट अवसर सृजना गर्न सकेन।खेलको चौथो मिनेटमा नै बंगलादेशकी मिडफिल्डर मोनिका चक्माको फ्रिकीकमा कप्तान सविना खातुनको प्रहार क्रसबारमा लाग्दै गोललाईनबाट गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले रोक्दा बंगलादेशका खेलाडीबीच तालमेल नमिल्दा डिफेन्डरले क्लीयर गरिन्।

खेलको ४३ औं मिनेटमा सावित्रा भण्डारीको प्रहार बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले सहजै बचाईन्।खेलको ४४ औं मिनेटमा साम्बाको प्रहर गोलरक्षकले बचाएका थिए।