जापानको फुकुओकामा ‘द एज ब्याण्डको’ लाईभ सो हुने

फुकुओका,जापान,साउन,११-

जापानको फुकुओकामा‘द एज ब्याण्ड’को लाईभ सो हुने भएको छ।फुकुओकामा बस्दै आएका नेपाली युवाहरुको सक्रियतामा गठित ढिला आयो कडा आयो समूहले ‘ एज ब्याण्ड कन्सर्ट’ को आयोजना गरेको हो ।

‘द एज ब्याण्ड कन्सर्ट’ फुकुओका शहरको हाकाता सिमिन सेन्टरमा अगष्ट ६ तारिख साँझ ६ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।

यस ब्यान्डको २० वर्ष पुगेको अवसरमा यसपटकको कन्सर्टलाई भब्य रूपमा सफल पार्न जापानको फुकुओकामा आयोजना गरिएको आयोजकले जनाएको हो । कन्सर्टको सम्पुर्ण तयारी पुरा भैईसकेको आयोजकले बताएको छ ।

उक्त कार्यक्रमलाई सफल बनाउन फुकुओकामा बसोबास गर्दै आउनु भएका सम्पुर्ण नेपालीहरुलाई सहभागी भईदिन आयोजकले विनम्र अनुरोध पनी गरेको छ । 

‘द एज ब्याण्ड’ ले ‘पागल नभन मलाई’ ‘सम्झिने मुटु’, ‘दु:ख दिएर त सबै’ लगायतका आफ्ना चर्चित गीतहरु बाट एज ब्याण्डले फुकुओकामा बसोबास गर्ने नेपाली बासीहरुलाई एकै पटक झुमाउने आश गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुनको लागी टिकट खुल्ला भैईसकेकोले समय मै टिकट बुक गर्न आयोजकले सबैलाई आवह्वान गरेको छ ।