बाढी पहिरो सम्बन्धी गीतबाट उठेको रकम : बाढीपीडितलाई सहयोग गरिने

गुल्मी,साउन,१०-

देशभरि अाएको अविरल वर्षाका कारण जताततै बाढी पहिरो अाउनुका साथै तराईका विभिन्न ठाउँमा डुबानमा परेको बेलामा नेपाली लोक गायक गायिका सुनिल थापा र शान्ता परियारले सबैको मनै रुवाउने बाढी पहिरो सम्बन्धि गीत गाएका छन् ।

गुल्मीको सत्यवती गाउँ पालिकामा लिम्घा र ठूलो लुम्पाकमा गएको बाढी पहिरो बाट ज्यान गुमाउनेहरु प्रति र देशभरि नै बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली दिदै गीत गाएको गायककार सुनिल थापाले बताए । गीतको माध्यमबाट नै सरकारलाई बजेट शहरमुखी नभएर गाउँ मुखी बजेट पार्नुपर्ने भनेर मार्मिक रुपमा गीत गाएको पाईन्छ ।

गीतकै माधयमबाट तत्काल बाढी पहिरो जाने ठाउँका जनताहरुलाई अन्यत्र बसाइँसराइ गराउनका लागि पनि अाग्रह गरिएको छ । गीतमा शत्रुहरु भएको भए लडाइँमा हारजित हुन्थ्यो होला प्रकृति प्रकोपसंग कसरी लड्ने किन यसरी खाली गरिबदुखी लाई मात्र प्रकृतिले हेप्ने गर्दछ भनेर गीतको माध्यमबाट दु:ख प्रकट गरिएको छ । गुल्मी मा बाढी पहिरोबाट ज्यान गुमाउनेहरुको सङ्ख्या १३ पुगेको छ ।

अहिले त्यहाँबाट लगभग २०० जना जतिलाई सुरक्षित बासस्थानका लागि अन्यत्र सारिएको गुल्मी प्रशासनले बताएको छ । यस गीतबाट उठेको रकम बाढी पहिरो पिडितलाई दिने पनि गायक सुनिल थापाले बताउनुभयो ।