परराष्ट्रबिद् डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” विमोचन

काठमाण्डौं,श्रवण,११-

पूर्व परराष्ट्र सचिब, अर्थात जापान स्थीत पूर्व नेपाली राजदूत एबमं परराष्ट्रबिद् डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” शनिबारका दिन एक समारोहका बिच राजधानीको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा बिमोचन सम्पन्न भएको छ ।

करिब चार दशक भन्दा लामो गौरव पुर्ण सहभागिता पश्चात सक्रिय अवकास जिवनको स्मृति र विस्मृतिको दोसाँधमा रहि  स्मरण, अध्ययन, अनुभव र सूचना संकलनको आधारमा अहिले सम्म कै पुरानो ऐतीहासीक परराष्ट्र सम्बन्धीका कुराहरुलाई लिपिवद्ध गरि ” परराष्ट्र पात्र” नामक किताब विमोचन गरिएको हो । 

उक्त किताबमा झण्डै चार दशकको अन्तरालमा विभिन्न कुराहरुको अनुभव र सूचना संकलन गर्दै लोमो समय सम्म परराष्ट्र सम्बन्धी रहि काम गर्दाका आफ्ना अनुभवलाई किताबमा जस्ताको त्यस्तै उतिरिएको छ । 

जुन किताबले परराष्ट्र सम्बन्धीका धेरै भन्दा धेरै कुराहरु सिक्ने अवसर प्रदान गर्नेछ । सम्भवत यो किताब परराष्ट्र सम्बन्धीका मात्र कुराहरुलाई समेटिएर लेखिएको हुनाले यसले परराष्ट्र सम्बन्धी थप ज्ञान दिनेछ । 

शनिबार यो किताबको पब्लिशर्सद्धारा प्रकाशित यो कृतिको औपचारिक लोकापर्ण भएसंगै सबैले पढ्न पाउने छन् । उक्त किताबका लेखक मदन कुमार भट्टराई पूर्व परराष्ट्र सचिब, अर्थात जापान स्थित पूर्व नेपाली राजदूत एबमं परराष्ट्रबिद् र राष्ट्रपती विद्या देवि भण्डारीको पूर्व सल्लाहाकार पनी भैसक्नु भएको छ । 

डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” ले नेपाली बजार मार्फत सबै नेपालीहरुको हात हात पुगोस् र सबै नेपालीले पढ्न पाउन यो अती समय सान्दर्भीक र परराष्ट्र सम्बन्धी महत्वमुर्ण कुराहरुको उल्लेखित गरिएको यो ” परराष्ट्रका पात्र ” किताबले सफलता पाओस हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।