नेपालमा थप १४१ जना कोरोना संक्रमित, ८२ संक्रमणमुक्त

काठमाडौं,चैत,१६-नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमित थपिएका छन् ।३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोनाबाट ३ हजार २७ जनाको मृत्यु भएको छ ।