टीकापुरमा ककस कार्यक्रम सम्पन्न

उमेद्धवारहरुका आ–आफ्नै प्रतिवद्धता

टिकापुर,मंसिर,१८-
टीकापुरमा आइतबार ककस कार्यक्रम सम्पन्न भएको छ । ककस कार्यक्रममा कैलाली क्षेत्र नम्बर १ र प्रदेशसभा १ का उमेदवारहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै लोकतान्त्रिक गठबन्धनकी प्रतिनिधीसभा उमेद्धवार ईश्वरी न्यौपानेले आफूले जितेपछि टीकापुर, जोशिपुर र नारायणपुर सत्तिलाई जोड्ने रिङ रोडलाई पहिलो प्राथमिकता दिने बताउनु भयो । बाम गठबन्धनकी साझा उमेद्धवार गरिमा शाहले खक्रौला नाकालाई मुल भन्सारको रुपमा विकास गरी यो क्षेत्रलाई आर्थिक हवको रुपमा विकास गर्ने बताउनु भयो ।

संघिय समाजवादी फोरम नेपाल का उमेद्धवार भगतराम चौधरीले आर्थिक रुपमा पछाडी परेका समुदाय का लागि आफ्नो उमेदवारी भएको बताउनु भयो । नयाँशक्ति पार्टी नेपालका उमेद्धवार वसन्तराज केसीले आर्थिक सम्वृद्धीका लागि आफ्नो उमेद्धवारी रहेको बताउनुभयो ।विवेकशिल साझा पार्टीका उमेद्धवार लोकबहादुर वुढा क्षेत्रिले समाजमा रहेको विभेद अन्त्यका लागि आफ्नो उमेदवारी रहेको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका उमेद्धवार तिलबहादुर दमाईले समाज रुपान्तरण का लागि आफ्नो उमेदवारी रहेको बताउनु भयो । कार्यक्रममा बाम गठबन्धनका प्रदेशसभाका उमेद्धवार नेपबहादुर थारु सिंहराज, नेपाली कांग्रेसका डा.रणबहादुर रावल, नयाँ शक्ति पार्टी नेपालका हरी तिमिल्सीना, विवेकशिल साझा पार्टीका महेन्द्र कुमार भण्डारी, राष्ट्रिय जनता पार्टी का लक्ष्मण किसोर चौधरी, संघिय समाजवादी फोरमका दिनेश चौधरी लगाएतले बोल्नु भएको थियो ।

टीकापुर, नारायणपुर र जोशिपुर जेसिजको संयूक्त आयोजनामा भएको कार्यक्रममा स्वागत विष्णु प्रसाद गौतमले गर्नु भएको थियो । टीकापुर जेसीजका अध्यक्ष टेकराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति टीकापुर जेसिजका संस्थापक अध्यक्ष जगतबहादुर सिंह रावल प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव गणेश साउदले गर्नु भएको थियो ।