फाल्गुन १० र ११ गते नेपालगन्जमा नेपालकै ठूलो ५ औ एजुकेसन फेर हुने

नेपालगन्ज , फाल्गुन,३
नेपालकै ठुलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुने भएको छ।

५औ एजुकेसन फेर

´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको छ।
देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० र ११ गते नेपालगन्ज स्थित सिद्धार्थ कटेजमा सम्पन्न हुने भएको छ।

उच्छ शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जाँदा स्वदेशमै उच्छ शिक्षा हासिल गर्नका लागि उच्छ गुणस्तरका शैक्षिक संस्था छन भन्ने जानकारी विद्यार्थी समय पुर्याउन मेला आयोजना गर्न लागिएको प्रदेश पाँचका संयोजक भरत बिष्टले जानकारी दिनु भयो।

साथै उक्त एजुकेसन फेरमा गुणस्तरिय उच्छ शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्था मार्फत विद्यार्थीले आवश्यक परामर्श पाउन सक्ने र नेपालमै अन्तरास्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीले निशुल्क परामर्श लिने सक्ने पनि संयोजक बिष्टले बताउनु भयो।