खजुरा महोत्सवमा आज कमल खत्री,प्रीती आले, जय देवकोटा र सपना शाहि आउने

नेपालगन्ज, फाल्गुन,३
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा ९ औ दिन शुक्रबार आज सबै भन्दा धेरै कलाकारहरु आउने भएका छन।

मौसम प्रतिकुलताका कारण महोत्सवको ८ औ दिन बिहिबार साँस्कृतिक कार्यक्रम सन्चालन हुँदाहुँदै स्थगित गरिएको थियो।
आज शुक्रबार बिहानै देखि घाम लागे पछि महोत्सव सन्चालन समिती र कर्मचारिहरु मर्मत कार्यमा जुटेका छन।

दिउँसो १ बजेबाट महोत्सव सन्चालन गरिने प्रचारप्रसार उपसमितिका संयोजक भागबत प्रसाद कडेँलले जानकारी दिए।
आयोजकका अनुसार आज महोत्सवमा चर्चित गायक कमल खत्री, गायिका प्रीती आले , लोकदोहोरी गायक जय देवकोटा, गायिका सपना शाहीको प्रस्तुती लगाएत एकल नृत्य प्रतियोगिता पनि सन्चालन हुनेछ।

शुक्रबार करिव १० हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ।