थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

काठमाडौं,असार,१४-नेपालमा विगत २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य था जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ जना र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९३५ जना गरी कुल २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण सो अवधिमा ४२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ। मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ८५३ जना भने कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ।

मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौं उपत्यकामा थप ५१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जसअनुसार काठमाडौं जिल्लाका ३५५ जना, ललितपुर जिल्लाका ११२ जना र भक्तपुर जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको छ।