पशुपती शर्माको बिल्कुलै नयाँ व्यङ्ग्यात्मक गीत “लुट्न सके लुट” चर्चाको शिखरमा

नेपालगन्ज, फाल्गुन,३-
मलाई अमेरिका यहि, ढाड दुखेर मारो, झम्झम दर्कियो पानी, कुरि कुरि लगाएका दर्जनौँ चर्चित गीतहरु बजारमा ल्याइसकेका बहुचर्चित लोकदोहोरी गायक पशुपती शर्माको बिल्कुलै नयाँ यथार्थबादी गीत “लुट्न सके लुट” बजारमा सार्वजनिक भएको छ।

नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै गायक शर्माले नयाँ गीत भिडियो सहित बिहिवार आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका हुन।

देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता बिषयलाई गायक शर्माले गीतमा निकै मार्मिक ढंगले  समेटेका छन।
सामाजिक कथालाई गीतमा उतार्न सक्ने गायक शर्माले यस भन्दा अगाडिका थुप्रै गीतहरु सामाजिक सन्देश प्रवाह गरिसकेका छन।यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र ब्यांग्यात्मक हुने गर्दछन उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो हानेका छन्।

ब्यङ्यात्मक गीत “लुट्न सके लुट” मा लय शब्द अनि स्वर गायक स्वयम् शर्माकै रहेको छ।दुर्गा पौडेलको निर्देशन अनि छायांकन रहेको उक्त गीतको म्युजिक भिडियोमा गीतको म्यूजिक भिडियोमा पशुपती शर्मा,मञ्जु बि.क र प्रज्योल भण्डारीको अभिनय रहेको छ भने भिडियोको सम्पादन नबिन घर्ती मगरले गरेका छन्।

(गीतको सम्पुर्ण यूनिटलाई बिहानी अनलाईनको तर्फबाट सफलताको कामना गर्दछौँ)