अहिले नै आपतकालिन अवस्था घोषणा गर्नु आवश्यक छैन : प्रधानमन्त्री शिन्जो आबे

आर्थिक प्रोत्साहन प्याकेज आगामी १० दिनमा मिल्ने

जापान,चैत्र,१६-जापानका प्रधानमन्त्री शिन्जो आबेले शनीबार आफ्ना देशका जनतालाई कोरोनाभाइरसबाट जोगिन आग्रह गर्नु भएको छ । उहाले भन्नुभयो  संयुक्त राज्य अमेरिका र युरोपमा जस्तै प्रकोप जापानमा पनी दुई हप्तामा बढ्न सक्ने खतरा रहेको बताउनुभयो ।

जापानका प्रधानमन्त्री: शिन्जो आबे

उहाँले कोरोनाभाईरसको प्रकोप लामो समय सम्म झेल्नु पर्ने अवस्था आउन सक्ने बताउदै सम्पुर्ण नागरिकलाई सचेत र सुरक्षीत रहि कोरोना भाईरस विरुद्ध लड्न चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री आबेले सरकारी अधिकारीहरूलाई मिलेर भाइरसको फैलावट रोक्न स्थाननीय अधीकारीहरुसंग काम गर्न निर्देशन दिएको  बताउनुभयो । उहाँले अहिले नै यो अवस्थामा आपतकालिन अवस्था घोषणा गर्नु आवश्यक नरहेको प्रष्ट पार्नुभयो ।

उहाँका अनुसार आपतकालिन आर्थिक प्रोत्साहन प्याकेज आगामी १० दिनमा प्राप्त हुने बताउनुभयो  । यो प्याकेजमा घरपरिवारका लागि नगद  समावेश गरिने जानकारी दिनुभयो ।

उहाँले  २००८ को विश्वव्यापी वित्तीय संकट सम्झदै यो अर्को ठूलो संकट हो । अब सरकारले कर कटौती र स्थानीय करबाट छुट दिने साथै ब्याजमुक्त रिण र साना व्यवसायका लागि नयाँ लाभ प्रणाली लागू गर्ने बताउनुभयो ।

प्रधानमन्त्री आवेले संक्रमणको बेला रोक लगाउनु परेमा यातायात, रेष्टुरेन्ट र कार्यक्रम-संस्थामा काम गरिरहेका व्यवसायहरूको मागलाई  मध्यनजर गरी कदम चालिने जानकारी दिनुभयो ।

यो पनी पढ्नुहोस् ।

कोरोनाबाट जापानमा ६५ जनाको मृत्यु,२४ सय ३४ जना संक्रमित