कोरोनाबाट जापानमा ६५ जनाको मृत्यु,२४ सय ३४ जना संक्रमित

१ हजार ७ जना उपचार पछि नीको भए

जापान,चैत्र,१६-विश्वभर फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा आईतबार सम्म ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ।

फाईल: तस्विर

एकै दिनमा नयाँ २०८ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २४ सय ३४ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार ७ जना उपचारपछि निको भएर घर फर्केका छन् । 

पछिल्लो तथ्यांक अनुसार टोकियोमा संक्रमितको संख्यामा तिव्र रुपमा वृद्धि भईरहेको छ । हाल टोकियोमा संक्रमित हुनेको संख्या ३६२ पुगेको छ,भने ७ जनाले ज्यान गुमाएका छन् । यस्तै आईची केनमा पनी कोरोनाका कारण मृत्यु हुनेमा उच्च रहेको छ । जहाँ १९ जनाले ज्यान गुमाईसकेका छन् । १६४ जना संक्रमित रहेका छन् । हियोउगो केनमा पनी मृत्यु हुनेको संख्या बढी छ त्यहाँ १० जनाको ज्यान गएको छ भने १२६ जना संक्रमित छन् । यता फुकुओका केनमा दिनै पिच्छे संक्रमित बढी रहेका छन् , हाल यहाँ संक्रमित हुनेको संख्या २२ पुगेको हो ।

जापानको ४७ (केन) मध्य ४२ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

 जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १७१,मृत्यु: ७ जना
२. आवमोरी केनमा संक्रमित: ७ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: २ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: ३,जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: २ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६ जना, मृत्यु: ०
७.तोचिगी केनमा संक्रमित: ११ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १८ जना, मृत्यु: १ जना
९.साइतामा केनमा संक्रमित: ७८ जना, मृत्यु: २ जना
१०.चिबा केनमा संक्रमित: १२६ जना, मृत्यु: १ जना 
११.टोक्योमा संक्रमित: ३६२ जना, मृत्यु: ७ जना
१२.खानागावा केनमा संक्रमित: ११६ जना, मृत्यु: ५ जना
१३.निईगाता केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ९ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: १२ जना, मृत्यु: ०
१६. यामानासी केनमा संक्रमित: ४ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ६ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १९ जना, मृत्यु: ०
१८. सिजुओका केनमा संक्रमित: ४ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: १६४ जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: ८ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: ४० जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: १९१जना,मृत्यु: २ जना
२५. हियोउगो केनमा संक्रमित:१२६ जना, मृत्यु: १० जना
२६.नारा केनमा संक्रमित: ११ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: १७ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ४ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४ जना, मृत्यु: ०
३४ कोउची केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३६.सागा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: २ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ११ जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: २७ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ३ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ८ जना, मृत्यु: ०

यो पनी पढ्नुहोस्  । 

अहिले नै आपतकालिन अवस्था घोषणा गर्नु आवश्यक छैन : प्रधानमन्त्री शिन्जो आबे

बाँकि ५ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।