आयोग असफल भए संविधान कार्यान्वयन हुन सक्दैन : प्रमुख आयुक्त यादव

काठमाडौं, साउन १९-

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिनुभएको छ ।लोकतन्त्र तथा निर्वाचन सरोकार नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैलाई मान्य हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने बताउनुभयो ।

निर्वाचन प्रमुख : अयोधीप्रसाद यादव

उहाँले जातीय पहिचान र भूगोलको विषयलाई लिएर दलहरुबीच विवाद हुनसक्ने भन्दै सबैलाई समन्वय गरेर क्षेत्र निर्धारण गर्न सुझाव दिनुभयो ।सबैलाई समेटेर सहमतिबाटै क्षेत्र निर्धारण गरिए निर्वाचन गराउनसमेत सहज हुने उहाँको भनाइ थियो ।प्रमुख निर्वाचन आयुक्त डा. यादवले सानातिना विषयमा नअल्झिएर चुनावमा केन्द्रीत हुन पनि दलहरुलाई आग्रह गर्नुभयो ।

उहाँले सरकार र दलहरुले गल्ती गरेमा निर्वाचन क्षेत्र निर्धारण आयोग असफल हुने र त्यसले संविधान कार्यान्वयनको कोर्षसमेत प्रभावित हुनसक्ने चेतावनी दिनुभयो ।अर्को एक प्रसंगमा उहाँले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।ईमेजखवरबाट