व्यावसायिक वातावरणमा कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं, साउन १९-

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यावसायिक वातावरणका लागि प्रशासनिक एवं कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा

नेपाल व्यावसायिक पहल (एनबीआई)ले आयोजना गरेको दोस्रो जिम्मेवार सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री देउवाले पछिल्लो राजनीति एवं आर्थिक क्षेत्रमा उत्साह आइरहेको भन्दै व्यावसायिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै समस्या एकै रातमा समाधान हुन नसक्ने भन्दै व्यवसायी पनि स्वःनियमनमा बस्न आवश्यक रहेको बताउनुभयो ।