राष्ट्रिय सभा उपनिर्वाचन आज,बादल र खिमलाल मैदानमा

परिणाम पनि आजै

फाईल तस्विर !!

काठमाडौं,जेठ,६-बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा-४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ ।

बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाउको छ ।

निर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्नुभएको छ ।

यस्तै विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा एमाले नेता माधव नपाल निकटका डा.खिमलाल देवकोटा चुनावी मैदानमा हुनुहुन्छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने छन् ।

बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ गरी यो निर्वाचनमा कुल ३ सय ४७ मतदाता रहेका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ पनि उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बादललाई मत दिन ह्वीप जारी गरेको छ भने राष्ट्रिय जनमोर्चाले डा.देवकोटालाई भोट हाल्न निर्देशन दिएको छ ।