एमाले–माओवादी केन्द्रको एकता अवसरवादीहरुको मिलन : वैद्य

मा.के क्रान्तिकारी बाटो छाडी प्रतिक्रियावादी बनेको वैद्यको आरोप

काठमाडौं,असोज,१७-

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भनी टिप्पणी गर्नु भएको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी एकता संयोजन संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको छ । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई दक्षिणपन्थी अवसरवादीहरुको मिलन भनी टिप्पणी गर्नुभयो ।

‘यो एकता विचित्र खालको छ,’ उहाँले भन्नुभयो,‘यो दक्षिणपन्थी अवसरवादीहरुको मिलन हो ।’ माओवादी केन्द्रले क्रान्तिकारी बाटो पूरै छोडेर प्रतिक्रियावादी बनेको पनि वैद्यले आरोप लगाउनुभयो ।

‘क्रान्तिकारी ध्रुवीकरण अब तीब्र बनाउनुपर्छ’, उहाँले भन्नुभयो क्रान्तिकारीको ध्रुवीकरण आजको तत्कालको आवश्यकता बनेर गएको छ । अब एमाले र माओवादी केन्द्र मिलिसकेपछि पार्टीको नाम माओवादी र एमाले राख्नुको कुनै अर्थ नहुने पनि वैद्यको भनाई थियो ।साभार रातोराटीबाट