प्रदेश र संसदको चुनाव देउवा सरकारले नै गर्ने

चुनावसम्म समर्थन फिर्ता नलिने माओववादीको भनाई

काठमाडौं,असोज,१७-

केहि दिन देखि नेपाली राजनीतीमा देखिएको तरंगले मंसिरमा हुने प्रदेश र संसदको चुनाव होला कि नहोला भन्ने आमजनतामा आशंका उब्जी रहेका बेला अन्तत् देउवा सरकारले नै प्रदेश र संसदको चुनाव गराउने भएको छ ।

एमालेसँग चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति गरेको नेकपा माओवादी केन्द्रले चुनाव अघि सरकार परिर्वतन नगर्ने बताए पछि देउवाकै नेतृत्वमा चुनाव हुने भएको हो ।

अहिले माओवादीको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठवन्धन सरकार छ । माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि देउवा सरकारको भविश्यबारे प्रश्न उठेको थियो ।

आज एमाले र माओवादी शीर्ष नेताहरुको वार्तामा आसन्न चुनावअघि सरकार परिर्वतन नगर्ने सहमति भएको छ ।

माओवादीका एक नेताका अनुसार चुनावी तालमेल र एकता हाम्रो आन्तरिक विषय हो र कांग्रेसले पनि अरु कुनै दलसँग तालमेल वा एकता गर्न सक्छ । हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं भन्ने सन्देश दिएको बताउनुभयो ।

माओवादीको यो बचनपछि मंसिरको प्रदेश र संसदको चुनाव देउवा सरकारले नै गराउने लगभग पक्का भएको छ  । तर, प्रधानमन्त्री देउवाले राजीनामा दिएमा भने एमाले र माओवादी मिलेर अर्को सरकार बनाइने नेताहरुले बताएका छन् ।