वामपन्थीले जिते नेपाल दक्षिण एसियाकै नमुना बन्छः महासचिव पोखरेल

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर,६-
नेकपा एमालेका महासचिव ईश्वर पाखरेलले वामपन्थीले बहुमतको सरकार बनाए आगामी पाँच वर्षपछि नेपाल दक्षिण एसियाकै नमुना देश बनाउने दावी गर्नुभएको छ । बुधबार वाम गठबन्धनका बृहद चुनावी सभालाई मानेभञ्ज्यांग ओखलढुगामा सम्बोधन गर्दै

ईश्वर पोख्रेल

महासचिव पोखरेलले सामाजिक न्यायसहितका समतामुलक समाज निर्माण गर्ने, सबै नागरिकलाई निशुल्क शिक्षा, जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई जीवन यापनका लागि आवश्यक भत्ता व्यवस्था गर्ने, एक देशीय निर्भरता हटाउने र नुमना देश बनाउने दावी गर्नुभएको हो ।

उहाँले वाम गठबन्धनका उम्मेदवाहरुलाई मत माग्दै निर्वाचन जिताए संघीय सरकारमा ओखलढुंगाका जनप्रतिनिधीको प्रतिनिधित्व आफुले सुश्निचित गर्ने ठोकुवा गर्नुभयो । सुनुवारलाई यस अघि पनि एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री बनाउने उद्घोष गर्नुभएको थियो ।

वामपन्थीको सरकार बने देशमा स्थिरता आउने बताउँदै पोखरेलले वामपन्थीको सरकारले सबै नागरिकलाई गरिबिको रेखामाथि उठाउने ठोकुवा गर्नुभयो । दशकौं शासन गरेको कांग्रेस अहिले चुनाव हार्ने डरले वामपन्थीहरुका बिरुद्ध झुटा प्रचारमा लागेको उहाँको आरोप छ ।

महासचिव पोखरेल ओखलढुंगाका ३ ठाउँमा चुनावी सभा सम्बोधन तथा कार्यकर्ता भेटघाट गरेर राजधानी फर्किनु भएको छ । उहाँले खानी भञ्ज्यांगको चुनावी सभा सम्बोधन अघि रावादोलुमा कार्यकर्ता भेटखाटमा सहभागी भएर सभामा सम्बोधन गर्न आउनुभएको थियो ।