लोकतान्त्रिक गठबन्धनको धमाधम प्रचार प्रसार कार्यालय सञ्चालनमा

वाम गठबन्धन लोकतन्त्र विरुद्ध : कोइराला

नेपालगञ्ज,मंसिर,६-
नेपाली काँगे्रस र राप्रपा सम्मलीत लोकतान्त्रिक गठवन्धनले प्रतिनीधी सभा र प्रदेश सभाको २१ गतेको निर्वाचनलाई लक्षित गर्दै नेपालगञ्जमा धमाधम सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । आज बुधबार मात्र नगर क्षेत्रमा ३ वटा वडामा प्रचार प्रसार कार्यालय सञ्चालनमा ल्यायो । नेपालगञ्ज वडा न ५, वडा न ६ र वडा न १८ मा प्रचार प्रसार सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो ।

लोकतान्त्रिक गठवन्धनको प्रचार प्रसारको व्यापकताका लागि प्रचार प्रसार कार्यालय सञ्चालनमा ल्याइएको हो । गठवन्धनका तर्फबाट प्रतिनीधी सभा सदस्य उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभाषद उम्मेदवार सुरेन्द्र हमाल लगायतका नेता तथा कार्यकर्ता सहभागि समारोहमा राप्रपाका महामन्त्री डा धवल शमशेर राणा र काँगे्रस पार्टी सभापति किरण कोइरालाले कार्यालयको उदघाटन गर्नु भयो ।

उदघाटन समारोहमा बोल्दै डा राणाले कम्यूनिष्टहरुले स्थायी सरकारका नाममा सत्ता कव्जा गर्न खोजेको भन्दै जनताले त्यसलाई स्वीकार नगर्ने जीकीर गर्नु भयो । लोकतान्त्रिक गठवन्धनका उम्मेदवार इमान्दार, जनप्रीय भएकाले जित निश्चित भएको पनि स्पष्ट पार्नु भयो । यस्तै काँगे्रस सभापति किरण कोइरालाले वाम गठवन्धन कागे्रस विरुद्धको मात्र नभई लोकतन्त्र विरुद्धको भएको बताउनु भयो ।

उम्मेदवार द्धय हमाल र आजादले नेपालगञ्जको वास्तविक समस्यालाई आफुहरुले बुझेको भन्दै लोकतान्त्रिक शक्तिलाई जिताउन अपील गर्नु भयो । काँगे्रस वडा इकाई सभापति मेराज हमद हलवाईको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति रमेश गुप्ता, राप्रपा बाँके अध्यक्ष नरेन्द्र पोैडेल लगायतले बोल्नु भएको थियो ।

यस्तै वाड न ६ मा काँगे्रसका इकाई सभापति जमालुद्धिन वागवान, राप्रपाका इकाई सभापति अरुण थापाको अध्यक्षतामा भएको कार्यक्रममा रप्रपा महामन्त्री डा धवल शमशेर राणले प्रचार प्रसार कार्यालय उदघाटन गर्नु भयो । यस्तै वडा न १८ मा पनि राप्रपा महामन्त्री डा धवल शमशेर राणा र काँगे्रस सभापति कोइरालाले प्रचार प्रसार कार्यालय उदघाटन गर्नु भयो ।