प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन

काठमाडौं, पुस १४-

राजनीतिक दलहरुले प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो । दलहरु सांसद चयन गर्ने तयारीमा जुटेका छन् ।

निर्वाचन आयोगले आज कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने समय तोकेको छ ।

यसअघि बिहीबार विवेकशील साझा, नेमकिपा र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको नेपाल संघीय समाजवादी पार्टीले समानुपातिकको सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेले प्रदेशसभामा समानुपातिकतर्फ पाएको ७५ सांसदको नामावली हिजै टुंगो लगाए पनि नाम भने बुझाउन बाँकी छ । नेपाली कांग्रेस र माओवादी केन्द्र नाम टुंगो लगाउन गृहकार्यमा जुटेका छन् ।

प्रदेश समानुपातिकमा कांग्रेसले ७२ र माओवादीले ३५ सिट पाएका छन् ।यसैगरी संघीय समाजवादी फोरम नेपालले १३, राष्ट्रिय जनता पार्टीले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले ३/३ तथा राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् ।

नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिकले भने प्रदेशसभामा १÷१ सिटमात्र पाएका छन् ।साभार : ईमेज खपरबाट