लमजुङबाट माओवादी नेता देव गुरुङ विजयी

 लमजुङ, मंसिर, २३-

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ भारी मतले विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई ८ हजार ४०१ को फराकिलो मतान्तरले हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । गुरुङले ३९ हजार ४६८ मत ल्याउँदा घर्तीले ३१ हजार ६७ मत प्राप्त गर्नुभयो ।