बाँकेको बनकटवा गाविसलाई बालमैत्री बनाउन प्रतिबद्धता

बाँके,माघ ६-बाँकेको बनकटवा गाविसलाई बालमैत्री गाविस बनाउन प्रतीबद्धता व्यक्त गरिएको छ । बुधबार सक्सेस फोरमले आयोजना र यूनिसेकको सहकार्यमा आयोजीत गाविस स्तरीय सरोकारवालाहरु बीच अभिमूखिकरण कार्यक्रमका वक्ताहरुले गविसलाई बालमैत्री बनाउन सबैले प्रयास गर्नुपर्ने बताएका हुन ।

सक्सेसन फेरमका महासचिव वामदेव पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वनकटवा गाविस सचिव दिपक पौडेल,उढारपुर गाविस सचिव कृष्ण बहादुर रोकाण,यूनिसेफका स्रोत व्याक्ति विकिरण गौतम,लिल बहादुर ,नेपाली लक्ष्मी खड्का,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले बोलेका थिए ।