गाउँमा उच्च मावि स्थापना गर्न पब्लिक सहकारीको ५१ हजार सहयोग

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,२७-
ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका ३ उबूँमा संचालित पब्लिक बचत तथा ऋण सहकारी संस्थाले गाउँमा उच्च मावि स्थापना गर्न ५१ हजार १ सय २८ रुपैँया आर्थिक सहयोग गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत आठौं साधारण सभामा सहयोग हस्तान्तरण गरिएको हो ।

गाउँमा रहेको पूँजी एकिकृत गरेर गाउँमै लगानी गरेर आर्थिक विकासमा योगदान लक्ष्यका साथ स्थापना भएको सहकारीले सामाजिक काममा समेत सहयोग गर्दै आएको छ ।

गाउँको विद्यालयमा उच्च मावि तहको कक्षा संचालन गर्न सहयोग पुगोस भन्ने हेतुले सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष ज्ञानेन्द्र रुक्दालीले बताउनुभयो ।

सहकारीले यस अघि पनि नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न २८ हजार १ सय २८ रुपैंया आर्थिक सहयोग गरेको थियो । सहकारीले एम्बुलेन्स सेवा समेत प्रदान गर्दै आएको छ ।