जापानमा पूर्व प्रेमिकालाई चक्कु हान्ने नेपाली युवक पक्राउ

टोकियो,माघ,१०-

जापानमा पूर्व प्रेमिकालाई चक्कु प्रहार गर्ने एक नेपाली युवकलाई जापान प्रहरीले पक्राउ गरेको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार मंगलबार किशोर स्यांगतान नाम गरेका युवकले आफ्नी पूर्व प्रेमिकालाई चक्कु प्रहार गरेका हुन्।

प्रहरीलाई उद्धृत गर्दै प्रकाशित समाचारहरुमा जापानको प्राचीन शहर कोबेको सडकमा घाइते भएर ढलेकी युवती भेटिएकी थिइन्। कलेज पढ्दै गरेकी ती १९ वर्षे युवतीलाई प्रहरीले अस्पताल पुर्याएको निप्पोन न्युज नेटवर्कले जनाएको छ।

घाइते युवतीको अवस्था खतरामुक्त छ। उनले आफूलाई प्रेमीलाई चक्कु प्रहार गरेको बयान दिएकी छिन्। युवतीको राष्ट्रियता खुलाइएको छैन।

घटना भएको डेढ घण्टापछि प्रहरीले घटनास्थल नजिकैबाट २५ वर्षे नेपाली युवक किशोर स्यांगतानलाइ पक्राउ गरेको छ। प्रहरीसँगको बयानमा केटीले आफूलाई धोका दिएको कारण आक्रोशित भएर छुरा प्रहार गरेको उनले स्वीकारेका छन्।

जापान प्रहरीले नेपाली युवकलाई हत्या प्रयास अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ।नेपालखबरबाट