लमजुङ समाज भेट्रान्स कप फुटसल प्रतियोगिता हुदैँ

बिहानी एफसी र भियतनामी महिला टिम बिच च्यारिटी म्याच हुने

टोकियो,माघ,२०-लमजुङ समाजले पहिलो भेट्रान्स कप फुटसल प्रतियोगीता फेब्रअरी १५ तारिख आईतबारको दिन आयोजना गर्ने भएको छ।

फाईल तस्विर ।।

प्रतियोगीता चिवा केन स्थित चिबा फुटसल गराउण्डमा हुनेछ।उक्त प्रतियोगीतामा १० टिमको सहभागीता रहने लमजुङ समाजका खेलकुद संयोजक रोशन गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

उहाँका अनुसार लमजुङ समाजको आयोजनामा हुने यो प्रतियोगीतामा पैँतिस बर्ष माथिका उमेर समुहका खेलाडीहरुको सहभागीता रहने छ।जापानमा हुने यो प्रतियोगीताले तन्नेरी युवा खेलाडीहरुमा समेत प्रोत्सान मिल्ने विस्वास गरिएको छ।प्रतियोगितामा पुराना खेलाडीलाई समेत सम्मान गरिने संयोजक गुरुङले बताउनुभयो ।

उहाँका अनुसार खेलले शारिरीक अभ्यास संगै स्वास्थ्य रहन समेत मद्धत पुग्ने उर्देश्यका साथ स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ फुटबल खेलको बिकाशको लागी प्रतियोगीता आयोजना गर्न लागिएको बताउनुभयो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख येन सहित ट्रफि,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छ।यस्तै दोस्रो हुने समुहले पनि नगद ५० हजार येन सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन्।

खेलमा उत्कृष्ठ मिडफिल्डर, फरवाड्, डिफेन्डर, गोलकिपर र समते नगद पुरस्कार प्रदान गरीने छ।

त्यसैगरी : लमजुङ समाजले जापानमा रहेका नेपाली महिला फुटबल खेलाडीहरुलाई लक्षीत गर्दै सोहि दिन नेपाल र भियतनामी महिला टिम बिच च्यारिटी म्याच पनि खेलाईने भएको छ।नेपालको तर्फबाट टिम बिहानी एफसीले सहभागीता जनाउने छ।

उक्त म्याचमा जित्ने टिमलाई ट्रफि सहित मेडल प्रमाण पत्र र नगद पुरस्कार रहको लमजुङ समाजका खेलकुद संयोजक रोशन गुरुङले जानकारी दिनुभयो।

यसैबिच :लमजुङ समाज जापानद्धारा आयोजीत उक्त भेट्रान्स कप प्रतियोगितामा सहभागी जनाउने टिमका लागि ३० हजार येन शुल्क निर्धारण गरिएको छ। 

प्रतियोगितालाई सफल बनाउन रातो माटो रेष्टुरेण्ट र फुनावारी डाईनिङले स्पोन्सर गरेको छ।खेल जापानीज समय अनुसार मध्यान्न १२ बजे देखी अपरान्ह ४ बजे सम्म चिवा फुटसल गराउण्डमा संञ्चालन हुने आयोजक टिमले जनाएको छ।