कानुन संकायका विद्यार्थीद्वारा आयोजित तीज कार्यक्रम भिन्नै तरिकाले सम्पन्न

नेपालगन्ज,भाद्र,१३-

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अायोजनामा हरितालिका तीज कार्यक्रम भिन्नै तरिकाले मनाएर सम्पन्न गरेका छन् ।

नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुका साथसाथै केही बिशिस्ट व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियोे ।

कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत ७२ वर्षका विद्यार्थी बलभद्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख गणेश कुमार रेग्मी , अतिथिहरुमा सहायक क्याम्पस प्रमुखहरु क्रमश निरन्जन ज्ञवालीले , श्रीवास अधिकारी , अर्जुन पोखरेल, हरि प्रसाद तिमिल्सिना , कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली , प्रशासन प्रमुख गंगा क्षेत्री , उच्च अदालत नेपाल बार एशोसियसनका अध्यक्ष विकास अाचार्य, कानुन संकायमा अांशिक प्राध्यापक लोक बहादुर शाह, विश्वजित तिवारी , खड्क बहादुर खड्का, कानुन व्यवसायी बसन्त गौतम , लगायतका रहनु भएको थियोे ।

क्याम्पसमा विगत लामो समय देखि प्राध्यापन गर्दै अाईरहनु भएको प्राध्यापकहरुलाई दोसल्ला अोढाएर सम्मान गरिएको थियोे । सम्मानित हुनेहरुमा क्याम्पस प्रमुख गणेश कुमार रेग्मी , सहायक क्याम्पस प्रमुखहरु निरन्जन ज्ञवाली , श्रीवास अधिकारी , अर्जुन पोखरेल, हरि प्रसाद तिमिल्सिना , कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली , प्रशासन प्रमुख गंगा क्षेत्री , रहनु भएको थियो ।

त्यसैगरी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु जसले अध्ययनरत हुदाहुदै अरु केही सामाजिक कार्यमा वा राजनीति कार्यमा अगाडि बढेका ८ जना विद्यार्थीहरुलाई पनि दोसल्ला अोढाएर सम्मान गरिएको थियोे । सम्मानित हुनेहरुमा नमस्कार शाह, नविन शर्मा, अम्बिका काफ्ले, अाशिष वर्मा, प्रवेश शाह, झबी न्यौपाने , चिरञ्जीवी पौडेल , के- पी- घिमिरे रहनु भएको थियो । कार्यक्रममा एकल तीज नृत्य गरिनुका साथै अतिथिज्युहरुबाट शुभकामना मन्तव्य राखिएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख गणेश कुमार रेग्मीले कानुन संकायका विद्यार्थीहरुबाट हामीले पनि धेरै कुराहरू सिक्न पाएको र यस्तो कार्यक्रम ऐतिहासिक भएको उहाँले बताउनुभयो । उक्त कार्यक्रम कानुन संकाय दोस्रो वर्षमा अध्यनरत विद्यार्थी कमल बहादुर शाहीले चलाउनु भएको थियो ।