बागेश्वरी असल शासन क्लव बासको १७ औं बार्षिक उत्सव सम्पन्न

राम सुनाम/

बाँके,मंसिर २४-

बागेश्वरी असल शासन क्लव बासले आफ्नो १७ औं बार्षिक उत्सव मनाएको छ । बासले आज भ्रस्टाचार बिरुद्धको १५ औं अन्तराट्रिय दिवसको अवसरमा १७ बुँदे घोषणा पत्र जारि गर्दै सदाचार सम्मेलन सम्पन्न गरेको हो । सम्मेलनका अवसरमा बासले आफ्नो ७० वटा शाखाहरु मध्ये ३ वटा शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको छ ।

जिल्ला शाखा रुपन्देही, स्याङ्जा र झापा शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेएको हो । साथै केन्द्रिय कार्यालय नेपालगञ्जका कर्मचारी तथा असलशासन कार्यकर्ता सुद्ध प्रसाद थारुलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको हो ।

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कृष्ण हरि बास्कोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदाचार सूचनाको हकको बिषयमा प्रवचन दिईएको थियो ।

कार्यक्रममा अतीथीहरु प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरका प्रमुख ईश्वर कार्की, गैसस महासंघका केन्द्रित सल्लाहकार गोपाल

नाथ योगी, बासका संस्थापक सल्लाहकार रुद्र तिमिल्सिना र बरिष्ट कलाकार कमल बिके निर्मोहीले पालैपालो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सम्मेलनमा सरकारी निकाय, संघसस्था तथा युवाहरु गरी ३५० बढीको सहभागिता रहेको थियो । कार्यक्रम बासका उपनिर्देशक हेमराज भट्टले संचालन गर्नु भएको थियो ।