कञ्चनपुरमा बामकै अग्रता

इन्द्र कार्की
/महेन्द्रनगर,२४,मंसिर        प्रतिनिधि सभा र प्रदेश सभामा कञ्चनपुरमा वाम गठवन्धनले अग्रता कायम गरेको छ । कञ्चनपुरमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ सिटमा गठवन्धनका उम्मेद्वारहरुले आफनो अग्रता कायम गरेका हुन् । प्रतिनिधि सभा क्षेत्र नं.१ मा झण्डै दोव्वर मतान्तरले वाम गठवन्धनकी विना मगरले अग्रता लिएकी छिन् । १६४९४ मत पाएकी विनालाई नेपाली कांग्रेसका दिवान सिंह विष्ट ९०८८ मतले पछ्याइ रहेका छन् । यस्तै क्षेत्र नं. २ मा एमाले का युवा नेता नर वहादुर धामीले कांग्रेस उम्मेद्वार पुर्व मन्त्रि एन.पी.साउदलाई फराकिलो मतान्तरले पछाडि पारेका छन् । धामीले १६५४५ र साउदले १२६१९ मत पाएका छन् । यस्तै निर्वाचन क्षेत्र नं.३ मा वाम गठवन्धनका एमाले उम्मेद्वार डा.दिपक प्रकाश भटट् र पुर्व मन्त्रि रमेश लेखक विच कडा र रोचक प्रतिस्पर्धा चलिरहेको छ । १४०५० मत सहित एमालेका भट्टले अग्रता लिएका छन् भने १३७९३ लेखक पछयाई रहेका छन् ।
            प्रदेश सभाका ६ सिटमा पनि गठवन्धनका उम्मेद्वार अगाडी छन् । क्षेत्र नं. ३ ‘क’ मा वाम का प्रकाश रावलले ३२८४ र नेपाली कांगे्रसका यज्ञराज जोशीले ३०३० मत पाएका छन् । ‘ख’ मा वाम गठवन्धनका ६२३२ मत सहित मान वहादुर सुनार ले अग्रता लिएका छन् भने कांग्रेसका बेल वहादुर राना मगर ५५७२ मत सहित पछाइ रहेका छन् । क्षेत्र नं.२ ‘क’ मा वामका उम्मेद्वार महेश दत्त जोशी ११०९५ मत सहित अग्रता लिएका छन् र नेपाली कांग्रेसका ७७७२ मत सहित पुस्करराज ओझा पछयाइ रहेका छन् । ‘ख’ मा वाम गठवन्धनका लाल वहादुर खडका ११३०४ र बहादुर थापा ७८१७ मत सहित अघि वढिरहेका छन् । कञ्चनपुर क्षेत्र नं.१ ‘क’ मा एमाले कञ्चनपुर अध्यक्ष तारालामा तामाङ्ग ले नेपाली कांगे्रसका गोपाल गुरुङ्ग लाई दोव्वर मतान्तरले पछि पारेका छन् । तामाङ्ग ले १४४५८ मत सहित अग्रता लिएका छन् भने र गोपाल गुरुङ्ग ले ७०८६ मतले पछयाइ रहेका छन् । ‘ख’ मा कुलविर चौधरी ५८८४ र रामलाल रानाले ४०८८ मत कायम गरेका छन् ।