विद्युत प्राधिकरण कावासोतीद्धारा एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल

काठमाडौं, पुस ८- नेपाल विद्युत प्राधिकरण  वितरण केन्द्र, कावासोतीले विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल गरेको छ ।पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ ।

हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाही समेत गरेको नेपाल विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले जानकारी दिनुभयो ।

मिटरबाट चुहावट गर्ने ग्राहकबाट मात्रै ६ लाख नौहजार दुईसय ५७ रुपैयाँ असुल गरेको यादवले बताउनु भएको हो । विद्युत् वितरण केन्द्र कावासोतीले आफ्नो क्षेत्रभित्र चुहावट कम गराउन अभियान थालेपछि अनियमित तरिकाबाट विद्युत प्रयोग गर्ने निरुत्साहित भएका छन् ।