स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेश र केन्द्रको निर्वाचन मंसिरमा गर्न सकिने प्रधानमन्त्री

काठमाडौं, पुस ८-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचन एकैसाथ गर्न नसकिने बताउनुभएको छ । सरकारी वकिलहरुको भेलालाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले समय अभाव हुने अवस्थामा एकैपटक तीन निर्वाचन गर्न सकिने बताउनुभयो । निर्वाचनको विकल्प नभएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले निर्वाचन नभए मुलुक गम्भीर दुर्घटनामा पर्ने भन्दै त्यसबाट कोही पनि भाग्न नमिल्ने स्पष्ट पार्नुभयो । ‘समयको चाप भयो भने तीनवटै निर्वाचन एकै पटक गर्न सकिन्छ’, उहाँले भन्नुभयो संविधान कार्यान्यवनका लागि निर्वाचनको विकल्प छैन, निर्वाचनबाट कोही पनि भाग्न पाउँदैन ।यद्यपि सरकार आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउने तयारीमा रहेको उहाँले बताउनुभयो ।

मंसिरमा केन्द्र र प्रदेशको निर्वाचन एकैसाथ गर्न सकिने विकल्प अघि सार्नुभायो । वैशाखमा स्थानीय तहको निर्वाचन गरेर मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन गराउन पनि सकिन्छ उहाँले भन्नुभयो निर्वाचन गराउनकै लागि सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको चर्चा गर्दै उहाँले विधेयक जसरी पनि पारित गर्नुपर्नेमा जोड दिनुभयो ।हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्ने उद्देश्यसहित संशोधन प्रस्ताव दर्ता गराएको दाबी गर्नुभयो। तर, विपक्षी एमालेले राष्ट्रियतासँग जोडेर संशोधनबारे जनतामा भ्रम फैलाएको आरोप लगाउनुभयो ।