गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाण्डौं,भदौ,१८-गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बिच शुक्रबार भेटवार्ता भएको छ। 

भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताउनुभयो।

यस्तै गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको र छलफल सकारात्मक भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।